
अमेरिकी राष्ट्रपतिका रक्षामन्त्री जेम्स म्याटिसले अचानक राजीनामा दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलिपल्टै अकस्मात् जनरल म्याटिसको यस्तो निर्णय बाहिरिएको हो । उनको राजीनामापछि ट्रम्पले जेम्स म्याटिसको उच्च मूल्याङ्कनसहित फेब्रुअरी अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन् । आफ्नो राजीनामा पत्रमा जनरल म्याटिसले आफ्ना मित्र शक्तिहरूसँग सम्मानपूर्वक व्यवहार गर्ने र साझा रक्षाका लागि अमेरिकी क्षमताका सम्पूर्ण संसाधन प्रयोग गर्ने धारणा व्यक्त गरेका छन् । उनले राष्ट्रपति ट्रम्पसँग आफूभन्दा राम्रो, क्षमतावान र विभिन्न विषयमा ट्रम्पका विचारसँग नजिक मान्छेलाई रक्षा मन्त्री चुन्न सक्ने अधिकार भएकोले आफू सो पदबाट बाहिरिनु उपयुक्त लागेको व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले ट्वीटरमा भनेका छन्, ‘जनरल मयाटिसले मित्र शक्ति र अन्य देशहरुको सैन्य दायित्व निर्वाह गर्न मलाई धेरै नै सहयोग गरे ।’
अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस ट्रम्प प्रशासन भित्रका अधिकारीहरुले राजीनामा दिने सिलसिलाका हालसम्मका सबैभन्दा पछिल्ला अधिकारी बनेका छन् ।
ratopati
Facebook Comments