
संघिय समाजबादी फोरम नेपालका जुझारु नेता तथा प्रखर वक्ता अमरेश नारायण झाले प्रदेश २ को राजधानी सिम्रौनगढ तथा नाम “मिथिला प्रदेश” हुनुपर्ने बताउनु भएको छ । काठमाडौँ महानगर पालिकादवारा संचालित मेट्रो एफ एमको प्रस्तुति कार्यक्रम “मन्थन” मा आज बिहान पत्रकार सरोज खिलाडी संग कुराकानी गर्दै उहाले सो कुरा बताउनु भएको हो । साथै उहाले यो आफ्नो व्यक्तिगत धारणा मात्र भएको र पार्टीगत कुरा नभएको समेत प्रष्ट पार्नु भएको छ । तर जनताले राजधानी जनकपुर पाएर ज्यादै खुशी रहेको उहाले दाबी समेत गर्नु भएको छ ।
एक प्रश्नको जवाफ दिदै नेता झाले मिथिला प्रदेश नाम राख्दा त्यो प्रदेशको बिकास र त्यहाका जनतालाइ आम्दानि को बाटो खुल्ने समेत जिकिर गर्नु भएको छ । उहाले भन्नु भयो “भगवान राम र माता जानकी प्रति मात्र नेपालमा करोडौ जनताको आस्था रहेको छ यदि सबै जनता एक चोटी मिथिला प्रदेश पुग्नु भयो भने त्यो प्रदेश को बिकाश द्रुत गतिले अगाडि बढ्ने छ साथै त्यहाका जनता को आर्थिक आम्दानि बढ्ने छ ।” उहाले थप्नु भयो मैथिली भाषी होस् वा भोजपुरा भगवान राम र माता जानकी प्रति त आस्था छ नि, त्यसमा पनि दिनाहूदिन अहिले भारत लगायत अन्य देशबाट पर्यटक आउने गरेको छ ।
Facebook Comments