
काठमाडौं — वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ भने सवारीसधानले फालेको धुवाँ, साडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न समेत कठिन भएको छ।
वायु प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको रकम प्रयोगमा आउन नसकेको अबस्थामा सरकारले पेट्रोलियम पदार्थबाट डिजेल र पेट्रोल प्रयोग गरेबापत उपभोक्तासंग प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिने गरेको छ ।
प्रदूषण शुल्क पाँच अर्बभन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायु प्रदुषणका कारण लाग्ने रोगबाट प्रत्येक बर्ष १० हजारको मृत्यु हुने गरेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित भएको छ ।
Facebook Comments