Loading...
उपेन्द्रले लगाए १५१ किलोको माला, नेकपा-कांग्रेश-नयाँ शक्तिका केन्द्रिय नेताहरु फोरममा प्रवेश

संघिय समाजबादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा जनसंख्या मन्त्रि उपेन्द्र यादवलाई रौतहटवासीले १५१ किलोको मालाले स्वागत गरेका छन् । क्षे नं. १ ख मानपुर /बिशुनपुर्वा र माधोपुर सडक खण्ड जोडने पुल शिलान्यास र ऐतिहासिक माधोपुर बजारमा अायोजित बृहत् पार्टी प्रवेश कार्यक्रमको क्रममा रौतहटबासीलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवले मानव बिकास सुचांकमा पछाडि पारिएका रौतहटको शिक्षा, स्वास्थ्य र कृषिको विकासमा बिशेष जोड दिने उद्घोष गर्नु भएको छ । नयाँ शक्तिका केन्द्रीय नेता शम्भु यादव , राजपाका जाहिर मंसुरी, नेकपाका लालबाबु चौधरी, रामईश्वर यादव, स्वतन्त्र उपेन्द्र यादव, नेकाका शेख सैलुन सहितको संयुक्त नेतृत्वमा उल्लेखनीय संख्यामा उक्त पार्टी परित्याग गरि संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका छन् । साथै जिल्ला अस्पताल गौरलाई निरीक्षणको क्रममा पाएका सुइावको आधारमा जनशक्ति, उपकरण र भौतिक पुर्वाधारको तत्काल व्यवस्थापन गर्ने समेत अध्यक्ष यादवले रौतहटवासीलाइ आस्वस्त पार्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *