
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एक पक्षले मात्र पेलेर अगाडि बढे राम्रो नहुने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको छ ।
उहाँले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिनुभएको हो ।
नेकपाको जारी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि प्रकट गर्नु भएको आजको नेपाल समाचारपत्रमा खबर छ ।
Facebook Comments