Loading...
एडिबीलाई सुनकोशी कमला डाइभर्सनमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम, माघ २ । मुख्यमन्त्री लालबाबु राउतले एशियाली विकास बैंकलाई सुनकोशी कमला डाइभर्सनमा लगानी गर्न आग्रह गर्नु भएको छ ।
एशीयाली विकास बैंकले आज जनकपुरमा आयोजना गरेको एशीयाली विकास बैंकको नेपालका लागि प्रस्तावित राष्ट्रिय साझेदारी रणनीति २०२०–२०२४ सम्बन्धि सरोकारबला संगको छलफल तथा परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सो आह्वान गर्नु भएको हो ।
मुख्यमन्त्री राउतले मुलुककै खाद्यान्न भण्डारको रुपमा परिचित प्रदेश नं.२ सिचाईको अभावमा मरुभूमि हुने खतरा बढदै गएकोले त्यसबाट निकास पाउन समेत सुनकोशी कमला डाइभर्सन आवश्यक रहेको उल्लेख गर्नु भयो ।
मुख्यमन्त्री राउतले सुनकोशी कमला डाइभर्सनले प्रदेशको सिचाईको समस्या समाधान हुनुका साथै विद्युत उत्पादन र पर्यटन क्षेत्रमा समेत फाइदा हुने उल्लेख गर्नु भयो ।
उहाँले प्रदेशको खेती योग्य जग्गालाई जोगाउन सुनकोशी कमला डाइभर्सनको साथै चुरे संरक्षण पनि उतिकै महत्पवूर्ण रहेको उल्लेख गर्नु भयो । चुरे संरक्षण विना प्रदेशको विकास सम्भव नरहेको उल्लेख गर्नु हुँदै उहाँले एशीयाली बैंकलाई ई दुबै योजनालाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गर्नु भयो ।
कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सभा सदस्य सत्रुधन महतो, राम चन्द्र मण्डल, राम सरोज यादव, शैलेन्द्र यादव, परमेश्वर साह, रानी शर्मा तिवारी, चमेली देवी दास सहित स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *