Loading...
प्रदेश २ को सचिव कुटपिटका प्रत्यक्षदर्शी सभामुखले नै खोले मुख, यस्तो छ झाको घिनौना हरकत

प्रदेश नम्बर २ मा एक मन्त्रालयका सचिवमाथि भएको कुटपिटका प्रत्यक्षदर्शी प्रदेशका सभामुख सरोज कुमार यादवले घटनाबारे मुख खोलेका छन् । उनले घटनाका बारेमा कुरा गर्दै उक्त प्रकरणमा कुटाइ खाएका भनिएका सचिव विद्यानाथ झाकै गल्ती रहेको बताए ।
दुई नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवको कार्यकक्षमै आएर जथाभावी गर्न थालेपछि हात हालाहालकाे स्थिति सिर्जना भएकाे तर मन्त्रीले कुटपिट नगरेकाे सभामुख यादवले बताए ।

सभामुख यादवले आफू सदनका कामरकारवाही कुराकानी गर्न भन्दै मन्त्री विजयकुमार यादवको कार्यकक्षमा गएको बेला सचिव झा पनि आइपुगेका र मन्त्री यादवले एक छिन पछि आउन निर्देशन दिएका सभामुख यादवले बताए । मन्त्रीको निर्देशनअनुसार सचिव झा बाहिरिए पनि एकछिनमै फेरि भित्र आएर ‘मेरो कुरा नसुन्ने, सुन्नुस्’ भन्दै मन्त्री यादवसँग जिद्धि गर्न थालेको सभामुख यादवको भनाइ छ ।
तर, सचिव झाले भने ‘वन उद्यम कार्यक्रम’ मन्त्री यादवले आफ्नो मान्छेको एनजीओलाई दिनु पर्यो भन्दै दवाव दिएका र मन्त्रीको दवावअनुसार आफूले काम नगर्दा आफूमाथि हातपात भएको बताएका छन् ।
त्यस्तै मन्त्री यादवले सभामुखको अगाडि आएर थच्चक बसेको, मर्यादाक्रम मिचेका लगायतका गल्ती सचिवकै भएको तर, आफूले कुटपिट नगरेको बताएका छन् ।
मन्त्री यादव र सचिव झाबीच झगडा हुँदा मन्त्रीकै कार्यकक्षमा रहेका राजपा नेपालका सांसद उपेन्द्र महतोले मन्त्री र सचिवबीच हात हालाहालको स्थिति सिर्जना भएको बताए ।
सभामुख यादव र आफूले मिलेर दुवैजनालाई शान्त पारेको महतोले लोकान्तरसँग बताए ।
दुवैजनाबीच हात हालाहालको स्थिति सिर्जना भएपनि मन्त्रीले कुटपिट नगरेको सांसद महतोले दावी गरे । ‘मन्त्री र सचिबबीच हात हालाहालकै स्थिति सिर्जना भएको हो । तर मन्त्रीले कुटपिट गर्नुभएको हैन,’ महतोले भने, ‘पछि सभामुख ज्यू र मैले मिलेर उहाँहरुलाई शान्त पार्यौं ।’
छानबिन समिति गठन
प्रदेश २ सरकारले सचिव कुटिएको विषयमा छानबिन गर्न ३ सदस्यीय छानबिन समिति नै गठन गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा गठित समितिमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।
मुख्यमन्त्री लालबाबु राउतले समितिले प्रतिवेदन बुझाएपछि मात्रै कारबाही प्रक्रिया अगाडि बढाउने जनाएका छन् । मुख्यमन्त्री राउतले आइतवार मन्त्री यादव र सचिव झासँग छुट्टा छुट्टै भेटेर घटनाबारे जानकारी लिएका छन् ।

मन्त्री यादवले भने, – “कत्तै न कत्तै संघीयतालाई फेल गर्नको लागि यस्ता षडयन्त्रहरु रचिदैछ प्रदेश २ को सरकार उपर । भनाभन भएपछि नै केही मिनटमै केही पत्रकारहरुको समूह नै आउनु भनेपछि यी घटना सुनुयोजित जस्तो देखिएकोले संघीयता फेल गर्न षडयन्त्र भएको हुनुपर्छ । कार्यालयमा हल्ला भएको दुई मिनेटमै कसरी र कहाँबाट आए त्यतिका पत्रकारहरु ? शंका त त्यहाँ उब्जिएको छ । तर, सचिव विद्यानाथ झालाई चैँ उपचारको जरुरी छ ।”

यसअघि पनि सचिव झाको विगतका व्यवहारहरुलाई मध्यनजर गर्दै मन्त्री यादवले उनलाई प्रदेश सरकारले नै उपचार गराउनुपर्ने बताएका छन् । छानबिन समिति गठन भएपछि यस प्रकरण बारे छानबिनको निष्कर्ष निकाल्ने मन्त्री यादवले थपे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *