
दुर्गेश घले
हाम्रो जनजातिकै केहि साथीहरुले क्रिश्चियनको कालो कर्तुतको पर्दाफास गरेकोमा बिरोध गरेको भन्ने बुझेको पाइयो त्यति मात्रै नभएर अमेरिकामा हिन्दु महिला संसद हुन पाउने तर नेपालमा क्रिश्चियनको बिरोध किन भन्ने प्रश्न गरेको पनि पाइयो ।
प्रिय जनजाति साथीहरु,
यशु जन्मनु भन्दा ४/५ सय बर्ष पहिले नै जन्मेर ज्ञानको ज्योति बाँड्दै हिँड्नु हुने प्राचिन ग्रीकका विख्यात दार्शनिक सुकरातले “मान्छेले जन्मदा जे ल्याएर जन्मेको त्यहि उपभोग गरेर जाने हो” भन्नु भएको थियो । यदि जन्मदा ल्याएको छ भने बिस्तारै सम्झंदै प्रयोग गर्दै जान्छ यदि जन्मदै रित्तै भाँडो लिएर आएको छ कहिँ कतैबाट भर्न सम्भव छैन उदाहरणको लागि जन्मदै अन्धा भएर जन्मेको बालकलाई डाक्टरले आँखा उत्पादन गरेर हालिदिन सक्दैनन् भनेर त्यो बेलैमा प्रमाणित गर्नु भएको थियो ।
क्रिश्चियनको लागि काम गर्ने नेपाली एजेन्टको लागि चिन्ता गर्नु हुने साथीहरुको कतिपय तर्क तिनै विख्यात ग्रिक दार्शनिकको रित्तो भाँडा जस्तै लाग्दछ । हो अमेरिकामा वा बेलायतमा हिन्दु महिला वा पुरुष संसदमा उम्मेदवार हुन्छन तर यहाँ जस्तो NGO/INGO ले गरिब बस्तीमा एक माना चिउरा देखाएर क्रिश्चियन बन्छस भने यो चिउरा दिन्छु नत्र दिन्न भन्दै भोका गरिबको धर्म संस्कृतिमा प्रहार गर्दैनन् यो बुझ्नुस । बल्छीमा किरा उनेर पानीमा डुबाइन्छ माछोले किरा देख्दछ तर माझीले माछोलाई नै तान्दछ ठिक त्यस्तै यहाँ सहयोगको नाममा एक मान चिउरा देखाईन्छ तर त्यो खानको लागि उसले उसको पुर्ख्यौली धर्म संस्कृति छोड्ने र भबिस्यमा तिनै क्रिश्चियन मिसिनरीको लागि काम गर्नु पर्ने हुन्छ ।
मित्रहरुलाइ यो पनि थाहा होला कि कुनै पनि देशमा जातीय झगडा, समुह बिचको झगडा वा धार्मिक झगडा गराएर युद्ध गराउने क्रिश्चियन नै हुन् नत्र अगाडी अगाडी राइफल पछाडी पछाडी बाइबल किन पुग्दछ ? अफ्रिकन देशका समाजमा एक प्यास मेट्न पिउने पानी हुँदैन, मुख धुने नुहाउने पानी हुँदैन, एक पेट खाने मकैको गेडा हुँदैन, एक आङ्ग लाउने एक सरो कपडा हुँदैन र खुट्टामा चप्पल हुँदैन तर तिनीहरुको काँधमा आधुनिक राइफल हुन्छ त्यो काम कसको हो ? हो यो खालको NGO/INGO नेपालबाट लखेटिएन भने भोलिको हाम्रै सन्ततिले त्यो दुर्दशा व्यहोर्ने छन हामीले भनेको यहि हो ।
Facebook Comments