Loading...
मन्त्रि-सचिब घटनाको दोषीलाई दण्डित गर्नुपर्ने कर्मचारीहरुको माग पूरा गर्छु- मन्त्री रामनरेश राय

जनकपुरधाम, माघ ४ । उद्योग, वन , पर्यटन तथा वातावरण मन्त्री राम नरेश रायले राष्ट्रसेवक कर्मचारीहरुलाई उच्च मनोबलका साथ नियमित कार्य सम्पादन गर्न आग्रह गर्नु भएको छ ।
प्रदेश सरकारको तर्फबाट मन्त्री रायले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पौष २९ गते प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवबीच भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।

उहाँले छानबिनसमिति गठन भइसकेको हुँदा समितिको प्रतिवेदनअनुसार दोषी उपर नियमानुसार कारबाही तथा पीडितले न्याय पाउनुपर्ने कर्मचारीहरुको मागप्रति पूर्ण सहमत रहेको जनाउँदै राजनीति र प्रशासनबीचको सौहार्दतालाई बचाइ राख्ने विश्वास व्यक्त गर्नु भएको छ । मन्त्री रायल भविष्यमा यस्तो घटना नदोहरिने प्रतिवद्धता जनाउँदै यस्तो संवेदनशील विषयवस्तुको अनुभूतियोग्य अवतरण नै आजको आवश्यकता रहेकोले सबैलाई सकारात्मक सहयोग गर्न आग्रहसमेत गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *