
दुर्गेश घले
पश्चिमा मिसिनरी साम्राज्यबादले संसारमा जातीय युद्ध वा गृह युद्ध गराउन जे नीति अवलम्बन गर्दा हुन्छ त्यस्तै किसिमको सुत्र रचना गर्ने गर्दछन । MAN अर्थात मङ्गोल, आर्य, निग्रो भनेर संसारका मानिसलाई ३ जातिमा विभाजित गर्ने प्रयास स्वरूप मिसिनरी साम्राज्यबादका संगठनबाट कुनै विशिष्ट व्यक्तिको हवाला दिँदै जातीय युद्ध गराउने प्रयास स्वरूप नयाँ सुत्रको रचना गरियो । यो सुत्र जे सुकै उदेश्यले रचिएको भए पनि बिशेषगरि एसियन देशहरुलाई लक्षित गरेर प्रयोग गरिएको छ । किन कि एसियन देशमा निग्रो नभए पनि यिनले प्रयोग गर्ने मंगोलियन र आर्यको मिश्रित बसोबास छ । बिशेष गरि यो भारत, नेपाल, बर्मा र भुटानलाई लक्षित सुत्र हो । यी देशमा मङ्गोल बर्ण र आर्य बर्णको मान्छे बसोबास गर्ने गर्छन तर समग्र युरोप र अमेरिका यो सुत्रबाट अछुतो रहन्छ किन कि त्यहाँ आर्यन अनुहारका मात्रै मान्छेको प्राचिन काळदेखि नै बसोबास छ, उनीहरुको देशमा असर पार्दैन ।
पश्चिमा मिसिनरी साम्राज्यबादको सुत्र MAN को चर्चा अहिले संसारको कुनै देशमा जातीय युद्धमा काम नलागे पनि नेपालमा भने यसलाई जबर्जस्त स्थापित गर्ने प्रयास गरिएको छ र केहि साँघुरो मानसिकताबाट जकडिएका एकलकांटे समाजमा जन्मेका हुर्केका व्यक्तिहरु यो सब्दजाळमा नराम्ररी अर्थात उम्कनै नसक्ने गरि बेरिएका छन । चीनका, थाइल्यान्ड बर्मा भुटान जापान फिलिपिन्स इन्डोनेसिया सिंगापुर भियतनाम आदि देशका जनतालाई यी मिसिनरी साम्राज्यबादका जाळ MAN सँग कुनै सरोकारै छैन किन कि मङ्गोल भन्दैमा न अनुहारको खास आकृति मिल्दछ न छालाको रङ्ग नै मिल्दछ । भियतनामी र नेपाली होस् वा चाइनिज र नेपाली वा फिलिपिनिज अलग्गै चिनिन्छ अर्थात छालाको रङ्ग देखि सारीरिक बनावटमै फरक छ यस अर्थबाट मङ्गोलमा पनि फरक फरक सुत्र रचना गर्न पर्ने हो, निग्रोमै फरक बनावट रङ्ग छ त्यहाँ पनि छुट्टै निग्रो सुत्र रचना गर्न पर्ने हो अनि आर्यनमै फरक छ मुसलमान र खैरे फरक देखिन्छन, कसैको कपाल कालो छ कसैको कपाल खैरो छ नाकको आकार देखि शारीरिक बनावट नै फरक छ यस्तोमा माइक्रो सुत्र रचना गर्न पर्ने होइन र ? गरिएन किन कि यो सुत्रको जरुरत पश्चिमा मिसिनरी साम्राज्यबादलाई थिएन ।
नेपालमा अहिले MNO अर्थात मङ्गोल नेशनल अर्गनाइजेसन भनेर एउटा झुण्ड खडा गरिएको छ, यो यहि पश्चिमा मिसिनरी साम्राज्यबादको योजनाबद्ध प्रक्रियाको एउटा कडी जस्तो देखिएको छ । अरु जातीय उपाय नलागे पछी, अर्थात तामांग मगर गुरुङ राई-लिम्बु आदि जनजातिले आफ्नै भाषा धर्म संस्कृतिको पक्षमा चेतना जगाउन थाले पछि सबैलाई एउटै टोकरीमा हालेर गोलमटोल पार्ने प्रपन्च स्वरूप यो संगठनको रचना गरिएको हो । यो संगठनले अहिले सम्म यो शारीरिक बर्णको मान्छेले पढ्नु पर्छ, लेख्नु पर्छ, हरेक क्षेत्रमा माथि उठेर प्रतिस्प्रधा गर्नुपर्छ भन्दैन तर बाहुनसँग लड्न पर्छ मात्रै भन्दछ । बाहुन होइन बाहुनबाद भन्दछ तर यो झुण्डलाई बाहुन बिनाको बाहुनबाद हुँदैन भन्ने सामान्य हेक्का छैन । साउदी अरबको चर्को धुपमा रिङ्गटा लागेर मरी बाकसमा प्याक् भएर आउने बाहुनको लासलाई, मलेसियाको कारखानामा मेसिनमा बेरिएर मासुको डल्ला बाकसमा प्याक् भएर आउने बाहुनको लासलाई पनि बाहुन शासकमै मिसाउँछ ।
साथि बाहुनबिनाको बाहुनबाद हुँदैन भने कसरि बाहुनलाई नभनेर बाहुनबादलाई भनेको हुन्छ ??
Facebook Comments