Loading...
बलिदानी दिवश कै अवशरमा प्रदेश २का सरकारले गरे यस्तो निर्णय, मधेशी गद्गद्, ओली झसंग

आज प्रदेश न. २ मा मधेश सरकारले मधेशी शहिद बलिदानी दिवसको अवसरमा एक शहिद परिवार,एक रोजगार योजना लागू भएको घोषणा गरेका छन् । उक्त घोषणा प्रदेश नं. २ का महान्यायधिवक्ता दीपेन्द्र झाले लहानमा आयोजना गरिएको शहिद परिवार सम्मान तथा शहिदको श्रद्धाञ्जली कार्यक्रममा मधेश आन्दोलनको क्रममा सहादत दिएका परिवारबाट एक जनालाई रोजगारी दिने योजना विधिवत रुपमा लागू भएको घोषणा गरेका हुन् ।

मधेशका प्रथम सहिद रमेश महतोको बलिदानी दिवसको अवसरमा प्रदेशका महान्यायधिवक्ता झाले मधेश आन्दोलनमा शहिदहरुको भूमिका अवस्मिरणीय रहेको भन्दै सहादत दिएका शहिद परिवारलाई रोजगारीको नियुक्ती प्रदान गर्दै सम्मान समेत गरेका थिए । मधेश आन्दोलनको क्रममा सयौँ व्यक्तिले आफ्नो ज्यानको आहुति दिएका हुन् ।

संघीयता आएपछि लागू भएको प्रदेशको मुख्यमन्त्री मो. लालबाबू राउतले सहिदको परिवारप्रति न्याय गर्दै आएका छन् । यसअघि पनि मुख्यमन्त्री राउतले विभिन्न ठाउँका शहिद परिवारलाई मुख्यमन्त्री कार्यालय लगायत प्रदेश सरकारको मन्त्रालयमा रोजगारी दिइ सकेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *