Loading...
कर कार्यालय ललितपुरमा तोक लगाउन २घण्टा, करचुक्ता लिन १हप्ता, करदाता धुरुधुरु रुन बाध्य

सरोज खिलाडी

नेपालमा दिनाहुदिन नयाँ नयाँ प्रबिधीहरु भित्रिरहेको छ भने नेपाल सराकारले जनतालाई सेबा सुबिधा दिने उधेश्यले करादातालाई ध्यानमा राखेर समेत बिभिन्न समयमा केहि न केहि गरेको देख्न पाइरहेको छ । तर नेपाल सरकारको आन्तरिक राजश्व कार्यालय-२ लगनखेल ललितपुरमा अहिले पनि मात्र तोक लगाउनका लागी २-३ घण्टा उभिनु पर्ने सुन्दा जसलाई पनि आश्चर्य लाग्न सक्छ तर यो यर्थात हो ।

त्यहा मात्र करचुकता प्रमाण पत्र लिनका लागी १ हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । कर्मचारीलाई ब्यबस्थित नगर्नु र एकजना कर अधिकृत जानकी शाहलाई मात्र कर चुक्ता देखी तोक लगाउने सम्मको जिम्मा दिनु नै कार्यालय प्रमुख डिलाराम सापकोटाको चरम लापरवाही रहेको बुझन सकिन्छ । ललितपुर शाखा कर कार्यालय अहिले भद्रगोल भएको छ ।

कार्यालय प्रमुख डिलारम साप्कोटा सँग सोध्दा कर्मचारी नभएको तथा भएको कर्मचारी मध्ये एक जनालाई मात्र अधिकार भएको बताउनु भयो । उहालाई यसरि दिनहु यस्तो कुरा राख्ने धेरै करदाता छन तर बयब्स्थित गर्ने कहाँ कहाँ प्रमुख सापकोटा कानमा तेल राखेर लाज प्चाएर कार्यालयमा बस्ने गरेका छन् ।
केहि करदाताले संघिय अनलाइनलाइ भने -“हाकिम देखि कार्यालय सहयोगी सम्म सबै मिलेका छन् । घुस खुवाउनेले एक दिन मै करचुकता लान्छन भने सर्बसाधारणका लागि एक हप्ता समय रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *