Loading...
मन्त्री बसेकै ठाउँबाट भएपनि विधेयक प्रस्तुत गरेर पारित गरेर देखाउछौ – नेता योगेश भट्टराई

९ माघ, काठमाडौं । नेकपाका नेता योगेश भट्टराईले ११ गतेको संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित हुने दावी गर्नु भएको छ ।

पार्टी स्थायी समिति सदस्य तथा सांसद समेत रहेका भट्टराईले रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्रीलाई रोष्टममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेर पारित गरिनेबताउनु भयो । ‘माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौं, मन्त्रीलाई रोष्ट्रममा जान नदिए मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख भएको बेला स्थानीय निकाय सम्बन्धी विधेयक पास गर्दा एमालेले संसद अवरोध गर्दागर्दै मन्त्रीले बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेको तर्फ संकेत गर्दै उहाले सो कुरा बताउनु भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *