
फोरमका अध्यक्षसहित ३ सय ५० जना कांग्रेसमा प्रवेश !
नेपाली काँग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको आयोजनामा मंगलबारको क्षत्रीयस्तरको आमसभामा संघीय समाजबादी फोरमका क्षेत्रीय अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार रहिसकेका मनोज कुमार शर्मा सहित बिभिन्न पार्टीका ३ सय ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेको समाचार छ । नेपाली काँग्रेस मुश्लीम संघ बाँकेको क्षेत्र नं १ नरैनापुरमा क्षेत्रीय आमसभामा बोल्दै केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले लोकतन्त्रको रक्षार्थ र जनताको हक अधिकारको सरक्षाका लागि नेपाली काँग्रेसलाई बलिायो बनाउन सबै मुश्लिमहरु एक जुट भएर अगाडि बढ्नुपर्ने समय आएको बताएका थिए ।
कार्यक्रममा उपस्थित नेताहरु
यस्तै नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले मुस्लिमहरूको हक र अघिकार सुनिश्चत गर्ने नेपाली कांग्रेस नै मुस्लिमहरूको लागि उत्तम पार्टी भएको, नेपालकै इतिहासमा पहिलो पटक समावेश संविधान जारी भएको भन्दै मुस्लिमहरूको हक र अघिकार पार्टीमा काँग्रेसले सुनिश्चत गरेको विचार ब्यक्त गरे।
उक्त आमसभामा उमेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका क्षेत्रीय अध्यक्ष सहित ३ सय ५० जना काँग्रेसमा प्रवेश गरे ।बाँकेको साविक क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार समेत रहिसकेका मनोज कुमार शर्मा लगायत रहेका छन् ।
\pahilonepalikhabar.com
Facebook Comments