Loading...
उपेन्द्रले खोल्यो मुख, हामी सरकारबिरुद्ध आन्दोलन गर्छौ, आन्दोलन गरेरै आएका छौ – यादव

काठमाडौँ – उपप्रधान एवं स्वास्थ्य जनसंख्यामन्त्री तथा संघिय समाजबादी फोरम नेपाल का अध्यक्ष उपेन्द्र यादव सरकारसँग असन्तुष्ट भएका छन् । अध्यक्ष यादवले गरेका सिफारिस मन्त्रिपरिषदमा अड्किएपछि उनी असन्तुष्ट भएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

उपप्रधान एवं स्वास्थ्य जनसंख्यामन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषद्को कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएकोमा उनको असन्तुष्टि छ ।

‘आन्दोलन गरेर आएको हुँ । के ठेगान भोलि फेरि आन्दोलनमा जानुपर्ने हो ?’ उनले भने ‘डा. गोविन्द केसीसँग गरिएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ । ’ डा. केसीको १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकार र उनीबीच सम्झौता भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *