
सरोज राय
यस्तो सुन्दा ‘मधेश’ र ‘मध्य-मधेश’ नाम एक जस्तो लागे पनि राजनितीक, भौगोलिक र सांस्कृतिक अर्थमा यि दुवै नाम बिच धेरै भिन्नता रहेको छ । भौगोलिक अर्थमा २२ जिल्लाको मधेशको मध्यमा रहेको ८ जिल्लाको प्रदेश न.२ लाई ‘मध्य-मधेश’ भन्नु उपयुक्त देखियो । सांस्कृतिक अर्थमा अवध, मिथीला, भोजपुरा, कोचीला, थरूहट आदि मध्य विषेश रूपले मिथीला र भोजपुरा संस्कृति अगोटेका प्रदेश न.२ लाई मात्र ‘मधेश’ भन्नु उपयुक्त होइन । त्यसतै राजनितीक अर्थमा मधेश आन्दोलनले खोजेका अधिकारहरू संविधानले सुनिश्चित गर्न नसकेको हुनाले ‘मध्य-मधेश’ नाम नै आफैमा एउटा सवाल खडा गर्छ । यसले मधेसको मुक्तिको राजनीतिको बाँकी कार्यसुची र कार्यदिशा निर्धारण गर्छ । यसले पुर्वीय र पश्चिम सहित सम्पुर्ण मधेसको आन्दोलन र सहिदको सम्मान हुनेछ।
स्वायत्त मधेस प्रदेशको स्थापना मधेश आन्दोलनको मुल ध्येय थियो । यस अर्थमा पुर्व झापा देखि पश्चिम कंचनपुरपुर सम्मको भुभागलाई मधेस आन्दोलनले ‘मधेस’ को रूपमा पुन: स्थापित र नविकरण गरेको थियो । यसमा गौरवशाली मधेस राष्ट्रको स्थापना तथा यसको मुक्तिको अधार पनि निहित थियो । तर अहिले मधेस मुक्तिको यात्रा अधुरो र अपुरो अवस्थामा छ । हामी केवल मधेसको मध्य भुभागलाई मात्र दुई न प्रदेशको रूपमा स्थापित गर्न सफल भएका छौ । त्यो पनि स्वायत्त इकाई को रूपमा हैन । तसर्थ यस उपलब्धिलाई हामी ले सम्पुर्ण मधेसको मुक्तिको लागि रणनीतिक रूपमा उपयोग गर्नु पर्छ र प्रदेश न.२ को नामाकरण ‘मध्य-मधेश’ राखेर अगाडीको रास्ता खुल्ला राख्नु पर्छ ।
हामीले गर्न पाए ठिक, गर्न नपाए कम्तिमा आफ्नो सन्तानलाई एउटा सवाल छोडेर त् जान्छौं, उनीहरूले खोज्ने छ ‘यदि आठ जिल्लाको यो मध्य-मधेश हो भन्ने वाकि मधेश खोई?
Facebook Comments