
काँग्रेस सांसदहरुलाई प्रक्रिया अघि बढाउन आग्रह गरेको नमानेपछि सभामुख महराले मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिनु भएको थियो । काँग्रेस्का सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिनु भएको थियो ।
यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने विधेयक निर्णयार्थ पेश गरेपछि झनै ठूलो स्वरमा होहल्ला गर्दै चिकित्सा शिक्षा विधेयक पारित नगर्न आग्रह गरेका थिए । तर सत्तारुढ दलको बहुमतमा सो विधेयक सभामुख महराले पारित भएको घोषणा गर्नु भयो । मधेश आन्दोलन चलिरहेका बेला यस्तै खेल तत्कालिन एमाले, नेपाली कान्ग्रेश र माओबादि ले खेल्ने गरेका थिए ।
नेपाली काँग्रेस सहित का दल हरुले मधेशि दलहरुलाइ यसरी नै जिस्काई जिस्काई संबिधान लगायतका बिधेयकहरु पास गरेका थिए । त्यहि प्रक्रियामा आज कांग्रेस फसेको छ ।
Facebook Comments