Loading...
मुठभेड गर्ने आँट भए रोल्पा आउन गगन थापालाई पुनको चुनौती, फ्री मा ट्रेनिङ दिने धम्कि

काठमाडौं, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले संसद मुठभेड गर्ने थलो नभएको बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै पुनले गगन थापालाई मुठभेड गर्ने रहर लागेको भए रोल्पा आउन चुनौती दिएका छन् ।
उनले भनेका छन्, “माननीय गगन थापा ज्यूँ , जननिर्वाचित संसद मुठभेड गर्ने थलो होईन। यदि हजूरलाई मुठभेड गर्ने रहर नै लागेको हो भने रोल्पा आउनुस् । म फ्री मा ट्रेनिङ गराउला।”
नेपाली काँग्रेसले आफ्ना नेता द्वयका नाममा रहेका अस्पताल संघ मातहत नल्याएको भन्दै संसद अवरुद्द गर्दै आएको छ । यसैबीच जबरजस्ती संसद चलाउन खोजे मुठभेड हुनसक्ने गगन थापाले बताएका थिए ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको सहमति विपरितको प्रावधान विधेयकमा राखिएको भन्दै काँग्रेसले त्यसको विरोध गरिरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *