Loading...
मुख्यमन्त्री राउतले दिए संघीय सरकारलाई जोडदार धक्का, भने-“प्रहरी विधेयक मान्दैनौ”

१२ माघ, काठमाडौं । संघीय सरकारले ल्याएको प्रहरी र आन्तरिक सूरक्षासम्बन्धी विधेयक फिर्ता लिन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले माग गरेका छन् ।

उहाले संघीय संसदमा दर्ता भएको दुबै विधेयक संविधान विपरित दाबी गर्नु भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री राउतले भन्नुभयो-” संघीयतालाई समाप्त पार्ने र संविधान विपरित आएको विधेयक कदापी स्वीकार्य हुन सक्दैन ।’

संघीय सरकारले ल्याएको दुबै विधेयकमा प्रहरी परिचालनदेखि शान्ति सुरक्षाको सबै जिम्मेवारी प्रमुख जिल्ला अघिकारीलाई दिने प्रस्ताव गरिएको छ ।

उहाले भन्नु भयो -“संविधानलाई तोडमोडर गरेर ऐन, कानुन ल्याउन खोजिएको छ, त्यसविरुद्ध लड्छौं र आवश्यक पर्‍यो भने संवैधानिक इजलासमा पनि जान सक्छौं ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *