Loading...
भारतिय महाबाणिज्य दुतावासले मनायो आफनै कार्यालयको प्राङ्गनमा ७०औं गणतन्त्र दिवस

नेहाल खान
माघ १२ विरगंज
भारतिय महाबाणिज्य दुतावास बिरगंजले आफनो ७०औं गणतन्त्र दिवस एक समारोह का बिच सम्पन्न गरेका छन । प्रत्येक वर्ष मनाउने गणतन्त्र दिवस यस वर्ष पनी भारतिय महावाण्ज्यि दुतावास बिरगंजले आफनै कार्यालयको प्राङ्गनमा ७०औं गणतन्त्र दिवस नेपाल र भारत दुबै देशका संस्कृती झल्कीने गरी नृत्यहरु प्रस्तुत गरी सदभाव पुर्ण कार्यक्रम गरेको होे । कार्यक्रममा भारतिय महावाण्ज्यि दुतावास बिरगंजका महावाण्ज्यि दुत बि.सि. प्रधान ले भारतका राष्ट्रपती । श्री रामनाथ गोविन्द ले भारत वासीको नाममा दिएको सन्देश पढेर सुनाउनु भएको थियो । ७०औं गणतन्त्र दिवस को अवसरमा विभिन्न संघ संस्थाहरु लाई बस तथा एम्बुलेस प्रदान गरिएको प्रधान ले बताउनु भयो । ७०औं गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावास ले सांस्कृतीक कार्यक्रम को साथ साथै दिवा भोज समेत को आयोजना गरिएको थियो । दिवा भोजमा विभिन्न राजनीतीक दल, समाजसेवी, संघसंस्था र सञ्चारकर्मीहरु को प्रवल उपस्थिती रहेको थियो । ७०औं गणतन्त्र दिवस को कार्यक्रममा अध्ययक्षता भारतिय महावाणिज्य दुतावास बिरगंजका महावाण्ज्यि दुत बि.सि. प्रधान, प्रमुख अतिथिमा प्रदेश नम्बर २ का भौतिक तथा योजना मन्त्री जितेन्द« सोनल, भारतीय महावाणिज्य दुतावास विरगंज का उप–महावाािण्ज्य दुत रमेश चतुर्वेदि, वाणिज्य दुत रमेश कुमार, डा.कोट्राश्वामी, विनोद लोहसाली, नेशनल मेडिकल कलेजका चेयरमैन डा.जैनुद्दिन अन्सारी, एम.डि तथा नेकपा का नेता बसरुद्दिन अन्सारी, आबिद अन्सारी (चाँद), फोरम पार्टिका केन्द्रिय निजामुद्दिन समानी, पर्सा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी उपरिक्षक रेवती ढकाल, समाजसेवी पशुपति विक्रम शाह र उषा शाह, उद्योगपति अजय प्रजापति, सञ्चारकर्मीहरु मा नेपाल टेलिभिजन का नेहाल खान, प्रदेश नं.२ का अध्यक्ष दिपेन्द्र चौहान, रेडियो विरगंज का ध्रव साह, विरगंज सन्देश दैनीकका मन्सुर खान, रामाशंकर सिंह, अरसद कमाल, नाजिर खान लगायत संसद बिधायक र विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थीती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *