Loading...
फोरम नेपाल समाजवादी, लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूको केन्द्र हो : सहअध्यक्ष श्रेष्ठ  
काठमाडौँ, ११ माघ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ससफो नेपाल देशका समाजवादी, लोकतान्त्रिक तथा प्रगतिशील शक्ति भएको बताएका छन् । उनले उक्त कुरा सङ्घीय समाजवादी फोरम, नेपाल नागार्जुन नगरपालिकाको विभिन्न वडाहरूको प्रतिनिधित्व रहेको भेलाको प्रमुख अतिथ्यता ग्रहण गर्दै बताएका हुन् ।
नेता श्रेष्ठले काङ्ग्रेस र कम्युनिष्टले लिएको बाटोबाट देशमा समृद्धि नआउने कुरा पटक पटक प्रमाणित भइसकेको बताउँदै इतिहासमा चीन र भारतबिचको ब्यापारिक केन्द्र रहेको र वाह्य मुलुकका जनतालाई काम दिन सक्ने हैसियत भएको नेपाल अहिले विदेशमा कामदार निर्यात गरेर गर्व गर्नुपर्ने अवस्थामा पुर्याएको बताए । उनले अव देशको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि सङ्घीय समाजवादी सिद्धान्त अंगाल्नुपर्ने बताए ।
उनले आफ्नो पार्टी काङ्ग्रेस कम्युनिष्ट जस्तो एकल जातीय नभई हिमाल, पहाड र तराइ मधेसलाई समेट्न सक्ने समानुपातिक समावेशी प्रतिनिधित्व भएको एक मात्र राष्ट्रिय चरित्रको पार्टी भएको बताउँदै अब नयाँ युगको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरे । उनले नागार्जुन नगरपालिकालाई सङ्घीय किल्ला बनाउन तथा आगामी निर्वाचनमा पहिलो शक्ति बन्नका लागि अहिलेदेखि संगठन विस्तारको कामलाई तीब्रताका साथ आगाडी बढाउन जोड दिए ।
३ नम्बर प्रदेशका सचिव अर्जुन लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा नार्गाजुन नगरपालिका विभिन्न वडा समितिहरूको पनि घोषणा गरेको थियो । भेलामा विशिष्ट अतिथि पूर्वमन्त्री हरिनारायण यादव, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव, श्रम समितिका सभापति विमल श्रीवास्तव, राजनीति समितिका सदस्य द्वय राजन केसी र प्रेम थापा, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका उपाध्यक्ष मञ्जु अन्सारी, नागार्जुन नगरपालिकाका नेता तथा पूर्व गाविस अध्यक्ष विनोद श्रेष्ठ, व्यवसायी शितल यादव, युवा फोरमका नेता दुर्गा सुवेदीले पनि शुभकामना मन्तव्य दिएको थिए ।
नगर समितिका अध्यक्ष अर्जुन गिरीले अध्यक्षता गरेको उक्त भेलामा केन्द्रीय सदस्य प्रचण्ड पौडेल, विजय सिं दनुवार, केन्द्रीय परिषद सदस्य रविन्दै यादव, काठमाडौँ जिल्ला उपसचिव प्रेमराज शिल्पकार, जिल्ला सदस्यहरू मंगल ताम्राकार, गिता शिक्राकार, सुरज महर्जन आदिको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *