
राष्ट्रिय विद्यार्थी संघले २०७५ मंसिर २१ गते रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) जनकपुरका क्याम्पस प्रमुखलाई क्याम्पसको समस्या र बिद्यार्थीहरुको समस्या समाधान गर्नको लागि १८ बुन्दे मांग राखी क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझएको कुरा राष्ट्रिय विद्यार्थी संघका महासचिव रन्जित निस्पक्षले जनाएको छ। तर क्याम्पस प्रमुखले रा.बि.संघको मांग प्रती बेवास्ता गरेपछी रा.बि.संघल आन्दोलनमा उत्रेको थियो । त्यस पश्चात् क्याम्पस प्रमुखले रा.बि.संघको केही माग पूरा गरेको छ भने बांकी मांग सम्बन्धमा आज क्याम्पसका नियमित क्याम्पस प्रमुख बिरेन्द्र यादव र रा.बि.संघको एकाइ अध्यक्ष दिनेश यादव र विद्यार्थी नेता रोशन मिश्राको अगुवाइमा वार्ता गरि बिद्यार्थी संगठन र विद्यार्थीको माग अबिलम्ब पूरा गर्ने क्याम्पस प्रमुखले सहमति गरेको छ।
सहमती पत्र अनुसारको माग
१) क्याम्पसमा कार्यरत प्राध्यापकलाई नियमित रुपमा पठन पाठनमा सन्लगन र नियमित रुपमा कक्षा कोठामा समयमै उपस्थित भइ कक्षा कोठा संचालन गर्ने।
२) समयमै सबै बिषयको नियमित रुपले पठन पाठन गराइ कोर्श पूरा गर्ने।
३) B.sc.csit बिषय लगायत सम्पुर्न कक्षाहरु नियमित रुपमा सन्चालन गरिने।
४) सम्पुर्ण ल्याबको ब्यबस्थित रुपले सन्चालन गर्ने।
५) पुस्तकालयमा नभएका पुस्तकको ब्यबस्था गर्ने।
६) B.sc.csit बिषयको कक्षा कोठाको त्रि.बि बाट सहकार्य गरि अबिलम्ब ब्यबस्थित गर्ने।
७) सम्पुर्ण कक्षा कोठा रूटिंग अनुसार संचालन गर्ने।
८) प्रत्येक कक्षा कोठामा हवाईट बोर्ड लगाउने।
९) हाेशटलकाे पुनर्निर्माणको लागि त्रि.बि संग सहकार्य गरि काम सुरु गर्ने।
१०) क्याम्पसमा कर्मचारीको अभावले बिद्यार्थीलाई जुन असहियोग भैरहेको सम्बन्धमा त्रि.बि संग कर्मचारी माग गरि पुर्ती गर्ने ।
Facebook Comments