
नेहाल खान
माघ १३ विरगंज
साउथ जोन मा.वि को १०औँ वार्षिक उत्स्व को अवसरमा साता व्यापी कार्यक्रम को आयोजना गरेका छन् । साताव्यापी कार्यक्रम अन्तर्गत आईतवार प्रथम दिन मानव सेवा आश्रम मा रहेका आश्रित बृद्धबृद्धाहरुलाई खाद्यन्य सामाग्री, स्वास्थ्य सामाग्री, र स्ट्रेचर लागयत का सामानहरु मानव सेवा आश्रम को प्रांगण मा हस्तान्त्रण गरिएको छ । साउथजोन माध्यमिक विद्यालय का प्रधानध्यापक सरोज चौधरी को अध्यक्ष्तामा भएको हस्तान्त्रण कार्यक्रम मा मानव सेवा आश्रम का सहयोगी प्रकाश थारुलाई हस्तान्त्रण गरिएको थियो । विभिन्न सरसमानहरु लाई आश्रम मा भएका सेवा दिने युवा युवतीहरुलाई विद्यालयका प्रधानध्यापक सरोज चौधरीले बेडसिट, खाद्यन्य सामाग्री, औषधिहरु दिनु भएको थियो । विद्यालय मा रहेका कक्षा ९ मा अध्यन्रत १२९ जना छात्रछात्राहरु ले यस १०औँ वार्षिक उत्सव कार्यक्रम को साताव्यापी अभ्यान मा सरीक भई मानव सेवा आश्रम मा आएका थिए । साउथ जोन मा.वि १०औँ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा रक्तदान सरसफाई विद्यार्थीहरुलाई विभिन्न बिहार स्थलहरु मा भ्रमण तथा स्कुल कै प्रांगण मा सांस्कृतीक कार्यक्रमहरु गरिने भएको साउथ जोन मा.वि का प्रधानध्यापक सरोज चौधरी ले जानकारी गराउनु भएको छ ।
Facebook Comments