Loading...
सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले राज्यको विश्वसनियता गुमेको छ – सह-अध्यक्ष श्रेष्ठ
काठमाडौँ, १२ माघ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आन्दोलनको बेला सम्झौता गर्ने, सहमति गर्ने तर कार्यान्वयन गर्नु पर्ने बेला धोका दिने, कार्यान्वयन नगर्ने प्रवृत्तिले जनतामा राज्यको विश्वासनियता गुमेको बताएको छ । उनले उक्त कुरा सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं १८ को प्रथम वडा अधिवेशनको प्रमुख अतिथ्यता ग्रहण गर्दै बताएका हुन् ।
उनले संविधान जारी गर्दाको बखत राजधानीमा कफ्र्यु लगाएर आन्दोलनकारीहरूलाई गिरफ्तार गर्ने र संविधानसभाभित्र विरोध हुँदा पनि संविधान जारी गरेका तत्कालिन काङ्ग्रेस र कम्युनिष्ट पार्टीहरूले अहिले पक्ष विपक्षको दुई कित्तामा बसेर सङ्घर्ष गरेको बताए । उनले भने ‘संविधान जारी गर्दा जस्तो प्रकृया अप्नायो अहिले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गर्दा पनि त्यस्तै प्रकृया अप्नायो । सङ्घीय गणतन्त्रमा यो शैली अप्नाउनु गलत हो । पहिला रमाएका नेपाली काङ्ग्रेस अहिले भने थला परेको छ ।’
प्रतिनिधिसभा सदस्य समेत रहेका नेता श्रेष्ठले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीलाई मत हाल्नु सर्पलाई दुध पिलाउनु जस्तै भएको भन्दै पहिचान सहितको सङ्घीयता पक्षधर जनताले समयमै कुरा नबुझ्दा अहिले भापा, संस्कृति र सम्पदाप्रेमी उत्पीडित जनताहरू पछुताउनु परेको बताए । उनले भने, ‘अव जातीय मुक्तिका लागि सङ्घीयता र वर्गीय मुक्तिका लागि समाजवादको उद्देश्य बोकेको ससफो नेपालले मात्र पहिचानको आन्दोलनलाई नेतृत्व दिन सक्छ । त्यसैले उत्पीडित समुदायका लागि ससफो नेपालमा गोलबन्द हुनुको विकल्प छैन ।’
उक्त अधिवेशनमा शुभकामना मन्तब्य दिंदै अर्का वक्ता पार्टी केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज पवित्र वज्राचार्यले सङ्घीय समाजवादी फोरमले जनताको एजेण्डा उठाएको हुँदा विस्तारै काठमाडौँका जनताको विश्वास जित्दै गएकोमा खुसि प्रकट गरे ।
पार्टी जिल्ला समितिका उपसचिव प्रेमराज शिल्पकारले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष पुस्परत्न शाक्यले अध्यक्षता गरेका  थिए भने स्वागत जिल्ला समिति सदस्य धनवहादुर महर्जनले गरेका थिए । अधिवेशनमा काठमाडौँ जिल्ला समितिका कोषाध्यक्ष ज्ञानराज शिक्राकार, सदस्य आशारत्न डंगोल, चन्द्र कुमार महर्जन, सुरज महर्जन, मनिष कुमार श्रेष्ठ लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो  ।
उक्त अधिवेशनले निम्नानुसारका पदाधिकारी तथा सदस्यहरू रहेको ससफो १८ वडा समिति गठन गरेको छ ः
१. अध्यक्ष पुस्परत्न शाक्य
२. उपाध्यक्ष विधान राज बैद्य
३. सचिव प्रविण कुमार महर्जन
४. सहसचिव प्रकाश साही
५. सदस्य विमला केशरी वज्राचार्य
६. सदस्य रितेश मल्ल
७. सदस्य रबिन मान शाक्य
८. सदस्य हरी कपाली
९. सदस्य भगवान महर्जन
१०. सदस्य मोहन कृष्ण श्रेष्ठ
११. सदस्य द्वारिका महर्जन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *