
काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत पक्षधरको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई नोटिसमा लिएको भन्दै अमेरिकी दूतावसले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा माग गरेको छ् ।
‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौँ,’ अमेरिकी राजदूतावासका एक अधिकारीले भनेका छन । दाहालले शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोधको समाचार कान्तिपुरमा प्रकाशित भएको छ ।
Facebook Comments