
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने दाबी गर्नु भएको छ । ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं,’ सशस्त्र प्रहरीको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नु भयो , ‘कसैको अनुहार हेरिँदैन र यो देखावटी पनि होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौं।’
शक्तिको आडमा आफैं भ्रष्टाचार गर्ने पाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई माफी दिन नसकिने बताउनु भयो । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले लडाइँ र द्वन्द्व सकिए पनि केहीले द्वन्द्व निम्त्याउन खोजेको भन्दै त्यसलाई असफल पारिने समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।
Facebook Comments