Loading...
सरकारले देखायो कठोरता, मानव अधिकारकर्मीको प्रदर्शनमा हस्तक्षेप, ९ महिलासहित ३२ पक्राउ

काठमाडौं– मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको प्रदर्शन मा ४१ जना पक्राउ परेका छन । जस्मा ९ जना महिला र ३२ जना पुरुश् रहेका छन । संघीय संसद भवन नयाँ वानेश्वर परिसरमा आयोजित प्रदर्शनबाट समाजका सभापति कृष्ण पहाडीसहित ३२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

अरु पक्राउ पर्नेमा उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, प्रमिला भण्डारी, सुशिला तामाङ, लाक्पा लामा, भिमबहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा र सुजन पुडासैनी निरु पराजुली, सुरेश मुडवरी, सरस्वती ढकाल, अधिकारकर्मीहरु जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आरसी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, विमला श्रेष्ठ, रहेका छन् । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जनाइएको छ । प्रदर्शनमा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने र डा.गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको थियो ।
धर्नामा अधिकारकर्मीहरुले सत्याग्रही भोकै छन्, नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका, साढे चार अरब निलेका, डा. केसी सँगको सहमति कार्यान्वयन गर लगायतका प्लेकार्ड बोकेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *