
नरेन्द्र साह।रौतहट,माघ १६ गते। सशस्त्र प्रहरी बल¸ नेपाल बाहिनी महोत्तरी नं. २ बाहिनीबाट खटेको गस्ती टोलीले एक जनालाई बिदेशी हात कटुवा हतियारसहित पक्राउ गरेको छ। रौतहटको ईशनाथ नगरपालिका १ बन्जरहाघाट स्थित बकैया खोला नजिकबाट गौर नपा ४ टिकुलिया निवासी ४७ बर्षिय नकुल पटेललाई टोलीले आज पक्राउ गरेको हो।
पटेलबाट ९ मेम ब्राउनिङ्ग पेस्तोल जस्तो देखिने नाम (MADE IN ITLY) उल्लेख भएको हतियार थान १¸ म्यागजिन थान १¸ कटुवा पेस्तोल थान १¸ 8 MM बाल राउण्ड ५ गोटा र सामसुङ्ग कम्पनीको मोबाईल थान १ प्लाष्टिकको झोला भित्र धानमा लुकाई अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिएका छन । सशस्त्र प्रहरी बल¸ नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको टोलीले पटेललाई हातहतियार तथा गोलीगठ्ठा र मोबाईल सहित नियन्त्रणमा लिएपछि थप आवश्यक अनुसन्धान एवम कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाईएको छ।
Facebook Comments