Loading...
अटेरी गरेपछि नगरपालिकाले जवाफ स्वरूप कृष्णनगरमा अतिक्रमणको संरचनाहरु भत्काउदै

कृष्णनगर नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका संरचनालाई हटाउन सुरु गरिएको छ । नगरपालिकालाई व्यवस्थित शहरीकरण बनाउनका लागि अतिक्रमण हटाउन लागिएको हो । एक महिना देखि अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना दिए पनि सम्बन्धित पक्षले अटेरी गरेपछि विहीबार देखि नगरपालिकाले आफै अतिक्रमण हटाउन सुरु गरेको नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

पटक-पटक अतिक्रमण हटाउन आग्रह गरेपनि वास्ता नगरे पछि बाध्य भएर विहीबार आफै हटाएको उहाँले बताउनुभयो । नगरलाई ब्यवस्थित गर्न नियम संगत काम गर्दा जस्तोसुकै चुनौती आए पनि सो आफुले चुनौती लिएर काम गर्ने नगर प्रमुख शाहले बताउनुभयो ।

नेपाल भारत सिमागेटमा अवस्थित प्रहरी चौकी, भन्सार कार्यालय र भन्सार एजेन्टहरुले जग्गा अतिक्रमण गरी बसेका थिए । सुरुमै यी सबैका संरचना विहीबार भत्काइएको हो । भन्सार कार्यालयको वाल, प्रहरी चौकीको चौतारी भन्सार एजेन्ट श्याम मिश्रले प्रयोग गर्दै आएको भवनलाई भत्काइएको नगरपालिकाले जनाएको छ ।

मूल नाका कब्जा गरि बनाइएको संरचना हटाइए पछि सिमानाका फराकिलो भएको छ । कृष्णनगरको विकासमा आफु दत्तचित्त भएर लागेको भन्दै यो कार्यमा सघाउन नगर प्रमुख शाहले सबैलाई आग्रह गर्नुभएको छ । नगरपालिकाको विकास राम्रो भए सिंगो नगर राम्रो हुने भन्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृष्णनगर नगरपालिका सबै हिसाबले धनि भएपनि सोचेजस्तो विकास नभएको बताउँदै उहाले अब यस्तो नहुने बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *