Loading...
डा. केसीले तोडे अनसन, केसीले भने-” प्रधानमन्त्रीको कुरामा बिश्वाश गर्नु मुर्ख बन्नु जस्तै हो”

१८ माघ, काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता जनाएर प्रा.डा. गोविन्द केसीले २४ दिन देखि बस्दै आएको आमरण अनसन एकतर्फी रुपमै अन्त्य गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । डा. केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताएका छन् ।

अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् ।

केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन अन्त्य गरेका छन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *