Loading...
प्रहरीलाइ असफल पार्दै नेवि संघद्वारा ओलिको पुतला दहन, कार्यकर्ता र प्रहरी विच घम्साघम्सी

नरेन्द्र साह,१८ माघ, रौतहट । नेपाल विद्यार्थी संघ रौतहटले जिल्लाको चन्द्रनिगाहपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । शुक्रबार दिउसो विद्यार्थी नेता सहित नेपाली कांग्रेसले सरकार विरोधी नारा लगाउदै चन्द्रनिगाहपुर चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । चन्द्रनिगाहपुर स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सरकार विरोधी नारा लगाउदै चन्द्रनिगाहपुर चोकमा पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता र प्रहरी विच केही बेर घम्साघम्सी समेत भएको थियोे ।

नेविसंघद्धारा प्रधानमन्त्रीको पुत्ला दहन पुत्ला खोस्ने प्रहरीको प्रयास असफल पार्दै आन्दोलनकारीले प्रधानमन्त्रीको पुत्ला जलाउन सफल भएका थिए । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यक्रम अनुसार प्रधानमन्त्रीको पुत्ला जलाउन सफल भएको विद्यार्थी नेता सुमन गौतमले बताए । विरोध जुलुसमा नेपाली कांग्रेस रौतहटका प्रदेशसभा सदस्य धनलाल ठोकर ,बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव लगाएत कांग्रेसका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको थियोे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *