
नरेन्द्र साह । माघ,१८ रौतहट,आजबाट शुरु भएको रौतहटको गौर नगरपालिकाको ऐतिहासिक राइस मिल ग्राउन्डमा PABSON CUP २०७५ टि २0 Championship टुर्नामेन्टको उदघाटन विशिस्ट अतिथि जिल्ला प्रमुख अधिकारी लोकनाथ पौडेल ज्यूले गर्नुभएको छ । साथै कार्यक्रममा प्रमुख अतिथिको रुपमा शस्त्र प्रहरीका प्रहरी उपरीक्षक कृष्ण ढकाल, रौतहट क्रीकेट संघका जिल्ला पवन साह, अन्य पदाधिकारी प्रमोद साह, बिक्रान्त नेपाल उर्फ पालु सहित दर्जनौं विभिन्न स्कुलबाट बिध्यार्थी तथा शिक्षक शिक्षिकाहरुको उपस्तिथि रहेको थियो ।यो टुर्नामेन्टमा गौर नगरपालिका भरीका सम्पुर्ण आवासीय विधालय मध्ये १२ ओटा टिम भाग लिएका छन् । आजको पहिलो खेल कृष्ण मर्सी विरुद्ध मुनाली चाईल्ड एकेडेमी भिडन्त हुदै ।
Facebook Comments