
कपिलवस्तु/ संवाददाता माघ २०
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.३ अन्तर्गत पर्ने जामिया सिराजुलवलुम र आयसा सिद्दीकीया ग्रल्स कालेजको प्रदेश नं.५ को समाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञावली उपसचिव चित्तमणि खनाल र इन्द्रमणि खनालको संयुक्त टोलीले उक्त मदरसाको अवलोकन र निरीक्षण गरेका छन्।



उक्त मदरसामा रहेको भौतिक स्थिती,शैक्षिक स्थिती र कक्षा कोठाको अवलोकन र अध्यनरत विद्यार्थीहरु संग भेटघाट गरी विद्यार्थीहरुलाई यस मदरसा बाट पढेर विदेशमा गएर थप पढन चाहने विद्यार्थीलाई भईरहेको समस्याको बारेमा विद्यार्थीहरु संग कुराकानि गरी छिटो भन्दा छिटो हामी यो समस्याको बारेमा छलफल गरी समस्याको समाधान गर्ने कुरा सचिवले बताएका छन्।
जस्मा उक्त मदरसाका प्रवक्ता मौलाना मसहूद खां नेपालीले उक्त मदरसामा भए गरेका कुरालाई स्पष्ट पार्दै मदरसा शिक्षालाई सरकारी सरह समकक्षता दिन पहल गर्न आग्रह गर्दै प्रदेश नं.५ मा हज कमिटी गठन गर्नु पर्ने तर्क समेत पेश गरेका थिए औपचारिक छलफलमा उक्त मदरसा का प्र.अ.खुर्शीद अहमद शैख, मदरसा अध्यक्ष मौलाना शमीम अहमद,राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, प्रहलाद पाण्डेय लगायत मदरसाका शिक्षक सुरक्षाकर्मी लगायतहरुको सहभागिता रहेको कुरा मदरसा प्रशासनले जनाएको छ।
Facebook Comments