Loading...
संघिय सरकारको संकुचित सोंच, मन्त्रिभन्दा सिडियो शक्तिशाली, प्रदेश सरकारलाइ केन्द्रको टर्चर

काठमाडौं – सरकार ले सुरक्षा तथा शान्ति सुब्यस्था कायम राख्न संघिय साशन ब्यबस्था अनुकुल बनाउन भन्दै शान्ति सुरक्षा कायम गर्ने सम्बन्ध मा ब्यबस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ । संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ ।

संसदमा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सिडिओलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ । विधेयक संसद्बाट पारित भए सिडिओले कुनै कार्यक्रम रोक्ने मात्र होइन २५ हजार रुपैयाँसम्म जरिवानासमेत गर्न सक्नेछन् ।

प्रस्तावित विधेयकले प्रजिअका यस अघिका अधिकारलाइ यथावत राखेको छ। विधेयकको दफा ५ को परिच्छेद २ मा ‘प्रमुख जिल्ला अधिकारीले प्रचलित मेला, जात्रा, पर्व तथा सामूहिक भेला हुने कार्यक्रममा सुरक्षाको प्रबन्ध मिलाउनेछ’ भन्ने उल्लेख छ । दफा ३ मा ‘कार्यक्रमबाट शान्तिसुरक्षामा असर पर्ने भए प्रमुख जिल्ला अधिकारीले त्यस्ता कार्यक्रम सञ्चालनमा रोक लगाउन सक्नेछ’ भन्ने प्रावधान राखिएको छ । विधेयकका केहि प्रावधान संघियताको मर्म अनुशार नभएको भन्दै प्रदेश सरकार का आन्तरिक मामिला मन्त्रिहरुले असन्तुष्टि जनाएका छन् ।  सिडिओले प्रहरी परिचालन गरी नियन्त्रण गर्ने र २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *