
संचार तथा सुचना प्रबीधिमन्त्रि गोकुल प्रसाद बाँस्कोटाले मानव जीवनको महत्वपूर्ण मानिएको स्वास्थ्य र शिक्षामा रहेको निजि क्षेत्रको निर्भरता घटाउने लक्ष्य सरकारको रहेको बताउनु भएको छ ।
निजि तथा आवाशीय बिधालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला समिति काभ्रेको १३औ जिल्ला अधिवेशनको शनिबार धुलिखेलमा उद्घाटन कार्यक्रममा मन्त्रि बास्कोटाले स्वास्थ्य र शिक्षामा समान पहुच बनाउन निजि क्षेत्रको परनिर्भरतामा केहि कमि ल्याउनु पर्ने सरकारले महसुस गरेको बताउनु भएको छ।
मन्त्रि बास्कोटाले भन्नु भयो – “पछिल्लो समय मा शिक्षा र स्वास्थ्यमा जुन खालको अश्वास्थ्य प्रतिस्पर्धा भैरहेको छ यसलाई रोक्न सरकारले पहल कदमी लिई रहेकोछ ” । यो समाचार आज को गोरखा पत्र मा प्रकाशित भएको छ ।
Facebook Comments