
नरेन्द्र साह,रौतहट /२०,माघ/ नेपाली काग्रेसले आज रौतहटको चन्द्रनिगाहपुरमा मशाल जुलुस निकालेको छ । चिकित्सा शिक्षा बिधेयक पारित गरेको बिरोधमा नेपाली काग्रेसको केन्द्रिय समितिको आब्हान अनुसार आइतबार रौतहटको बनेपाली काग्रेस द्धारा मसाल जुलुस चन्द्रपुरमा नेपाली काग्रेसले मशाल जुलुस निकालेको हो ।
जुलुस निकाल्ने क्रममा नेपाली काग्रेसका कार्यकर्ताले अधिनायक बाद सरकार मुर्दाबाद, बढदो महगी नियन्त्रण गर, भ्रस्टाचार नियन्त्रण गर, निर्मला पन्तको हत्यारा पता लगा, जनता लाई राहत दे जस्ता विभिन्न नाराहरु लगाएका थिए । मशाल जुुलुस लाई प्रहरीको हस्तक्षेप रहेको थियो । हस्तक्षेपको बाबजुद पनि नेपाली काग्रेसका कार्यकर्ताले मशाल जुलुस निकालि छाडेका थिए ।
नेपाली काग्रेस रौतहटले सोमबार रौतहटको चन्द्रपुरमा बिरोध प्रर्दशन गर्ने भएको छ । सोही कार्यक्रम लाई सफल बनाउन मशाल जुलुस निकालेको नेपाली काग्रेसले जनाएको छ ।
Facebook Comments