Loading...
जनता आवास कार्यक्रमले मुसहर वस्तीको सपना पूरा हुन सकेन, आवास कार्यक्रम अलपत्र
 नरेन्द्र साह,रौतहट २१ माघ । रौतहटको चन्द्रपुर नगरपालिका– नौ चेतनगर स्थित मुसहर बस्तीको घरजनता आवास कार्यक्रमले अलपत्र बनाईदिएको छ । सो बस्तिको ७६ घरधुरी मध्ये जनता आवास कार्यक्रमले २५ जनाको घर पक्की बनाउन छनोट गरेर निर्माण थालेपनि काम अधुरो काॠ भएपछि दुई बर्ष देखि उनीहरुको बिजोग भएको छ । नया पक्कि घर निर्माण गरिदिने भन्दै घर भत्काईदिए यतिखेर सम्म निर्माण पूरा निर्माण भएन बिजोग बनाईदिए सो बस्तिका ६० वर्षीय भुटनीदेवी माझी भन्नु भयो बरु पहिलेकै घर घाम पानी छेक्ने थियो अहिले त खुल्ला आकाशमा बस्न बाध्य भएका छौ । रौतहटमा विपन्न समुदायका लागि ०७३/०७४ मा १ हजार र ०७४/०७५ मा ९ सय घर निर्माणको लागि छनोट गरिएको थियो । तर निर्माणाधिन अधिकास गुणस्तरहिन रहेको छ भने समयमै घर बन्न नसक्नुमा प्रदेश सरकार बाट बजेट निकासा नभएको आरोप रहेको छ । अलपत्र पारिएका घरधुरीका बासिन्दा लाई खाना पकाउन समेत समस्या छ पाहुना आउदा बास दिने स्थान समेत नभएको उनीहरुको भनाई रहेको छ । प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले सरकारले नीति बनाउछ तर कार्यान्वय गर्न जान्दैन । गरिबको जीबनस्तर उकास्ने कार्यक्रम राम्रो छ तर कार्यक्रमनै अलपत्र पार्दछ । आफुले गरिबको अबस्था लाई हेरेर सदनमा समेत कयौ पल्ट आवाज उठाएको बताउनु भयो । जनता आवास कार्यक्रमको कार्यालय गौरमा भएपनि यो कार्यक्रम प्रदेश सरकारले गर्ने भएपछि झनै अलपत्र परेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *