
नरेन्द्र साह,माघ २१,रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको भेटिएका छन् । नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव ग्राहक नं ००८/१३/०१९ तथा वडा नम्बर ६का वडाध्यक्ष रामसिंघासन यादव ग्राहक नं ०७/२०/०३ ए र गरुडा नगरपालिका-१का वडाध्यक्ष सरोज राय यादव -ग्राहक नं १८/०८./१९ ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेला पारेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षेत्रमा विद्युत चोरी अत्याधिक रहेको गुनासो आएपछि महाशाखाका इन्जिनियर प्रदिपकुमार शर्माको नेतृत्वमा छड्के चेकजाँच टोली खटाएका थिए । जनताबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
Facebook Comments