Loading...
मदरसाको समस्या समाधानका लागि नगर प्रमुखलाई ज्ञापनपत्र
कपिलवस्तु/संवाददाता माघ २२
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.३अन्तर्गत पर्ने जामिया सिराजुलवलुम अलसल्फीयाको सभा हालमा अयोजित भेटघाट कार्यक्रममा कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने २२वटा दर्ता रहेको मदरसा र ५ वटा दर्ता प्रक्रिया मा रहेको मदरसा का प्र.अ.लगायत  शिक्षक,नगरप्रमुख रजत प्रताप शाह,युवा नेता तुफेल अहमद खाँ,कृष्णनगर नगरपालिका कार्यलय सूचना अधिकृत शाकिर शाह,जामिया सिराजुलवलुम अलसल्फीया अध्यक्ष मौलाना शमीम अहमद नदवी,प्र.अ.मौलाना खर्शीद शैख,स.प्र.अ.मौलाना रसीद मदनी,मौलाना खालिद सेराजु,राष्ट्रीय मदरसा संघ नेपाल केन्द्रीय सदस्य मौलाना जहीर अहमद बरेलवी,खदिजतुल कुबरा ग्रल्स कालेज का प्र.अ. डा.सईद असरी,राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकुफी,राष्ट्रिय महा सचिव मौलाना मसहूद खाँ नेपाली,लगायत शिक्षा प्रेमी पत्रकारहरुको उपस्थिती थियो।
उक्त कार्यक्रम को शुभारम्भ उक्त मदरसाका मौलाना ले मुस्लिम धर्मावलीहरुको पवित्र कुरान सरिफको पाठपढी कार्यक्रमको सुरुवात गरियो।
त्यसैक्रममा नगरप्रमुख शाँँहले  नगरपालिका भित्र रहेको समुदायिक बिद्यालय र मदरसाहरुमा सुधार गर्न पहल भइरहेको  र शिक्षा क्षेत्रमा  लगानी को अवश्यक्ता पहिचान गरि  सके सम्मा पूर्ण सहयोग गर्न तयार रहेको, नगरपालिकामा २२ मदरसा दर्ता रहेको छ सबै मदरसा हरुको लागि २-४दिन भित्र पूर्ण तैयारी मा कार्यक्रम गरि केही मदरसा मा अवश्यकता देखा परेको ले कक्षा कोठा निर्माण,शौचालय निर्माण,र फर्निचर को लागि छुटै बजेट छुट्टाउन प्रयास  हुदैछ र अरु कुनै सम्बन्धित समस्या छ भने प्रस्ताव राखि पूर्ण सहयोग गर्ने छु। धेरै दिन देखि कृष्णनगरमा लिंक गेट देखि बाजार भित्र र बहादूरगंज सम्मा अतिक्रमण रहेको थियो पटक पटक भन्दा पनि अतिक्रमण हटाउन तैयार थिएनन् तर केही शक्तिबल र शिक्षित जनता को सहयोगमा आज कृष्णनगर बहादूरगंज जस्ता ठाउको अतिक्रमण हटदैछ अब तपाई हरुको सहयोगको अवश्यक्ता छ तपाईहरु सहयोग गर्नुस  यो नगरपालिका लाई आदर्श नगरपालिका बनाउन कसर बाकि नराखने  कसै लाई दुख दिने बिचार छैन  यो नगरपालिका लाई व्योस्थित र आदर्श नगरपालिका बनाउने प्रयास म छु र जनताको निरन्तर सहयोग चाहिन्छ भन्दै आफ्नो मनतब्य राख्नु भयो।
उक्त कार्यक्रम मा राष्ट्रीय महा सचिव नेपाली ले बोल्दै भनेकि उपस्थित सबै नगरपालिका पदाधिकारी,मदरसा प्र.अ.पत्रकार,र शिक्षक हरु लाई मा धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि यस्तो व्यस्तताको समयमा आफ्नो आफ्नो बहुमूल्य समय मिलाई कार्यक्रम सफल बनाउनु भयो।
अब प्रदेश,स्थानिए तह को यदि यस्तै निरन्तर सहयोग मिल्दै गयो भने हामी नेपाल भरीमा नमूना मदरसा को रुपमा कामय हुने हो र मेरो अग्रह छ कि स्थानिए सरकार र प्रदेश सरकारको सहयोग मा छलफल गरि मदरसा बोर्ड को स्थापना गर्नु पर्यो र मदरसाहरुको सबै कागज पत्र उर्दू भाषामा ल्याउनु पर्यो किन कि हाम्रा मदरसा का मौलाना लाई काम काज गर्नामा सजिलो हुन्छ ।यो नगरपालिका भित्र नेपाल भरीको सबै भन्दा बढी मदरसा हुने वाला नगरपालिका हो यो नगरपालिका को नगरप्रमुख र उपप्रमुख को सहयोग मा हामी दिन दिनै अगाडि  बढ्नेछौ र मदरसाका शिक्षक,पाठपुस्तक लगायत सात बुदे माग को लागि ज्ञापन पत्र पनि नगरप्रमुख लाई बुझाउदै  हामी लाई आशा छ कि हाम्रो माग को पूर्ण समर्थन नगरप्रमुख र उपप्रमुख द्वारा हुन्छ भन्दै अफ्नो मनतब्य टुंग्याउदै कार्यक्रमको समापन  गरेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *