
नेहाल खान
माघ २१ विरगंज
विरगंज कारागारको सुरक्षा व्यवस्थाका साथ साथै कैदिबन्दि विगत वर्षको तुलनामा नयाँ आन्तरिक प्रशासन भए देखि कारागार भित्र रहेका १२ सय को हाराहारीमा कैदि बन्दिहरु सन्तुष्ट देखिएका छन् । विगत केहि वर्ष अगाडि कारगार मा प्रत्येक ३–६ महिनामा कुनै न कुनै विवाद भई रहेका कैदि बन्दि आन्दोलन मा उत्रिने बाद्यय हुन्दथे ।अहिले आउनु भएका नयाँ जेलर सुनिल खनाल र आन्तरिक प्रशासन का नायिके शेख भोला को राम्रो व्यवहार ले गर्दा कारागार मा रहेका कैदि बन्दिहरु चिन्तामुक्त भएको कारगार श्रोत ले जनाएका छन् । विभिन्न खाद्यय सामाग्रीहरु बाहिर को बजार भन्दा कुनै कुनै समानमा बजार र कारागार भित्रका उस्तै उस्तै भाव भएता पनि हरियो तरकारी मा बजारभन्दा केहि कम दरमा भित्र पाउने गरेको समाचार प्रकाश मा आएको छ । किनकि कारागार मा रहेका आन्तरिक प्रशासन ले १२ सय कैदिबन्दिहरु को लागि थोक मा खरिद गरी कैदीबन्दि सुविधालाई मध्य नजर राख्दै २–४ रुपैया कम मा नै हरियो सब्जी तरकारीहरु पाउने गरेको आन्तरिक प्रशासन का नायिके शेख भोलाले जानकारी दिनु भएको छ । विरगंज कारागार मा ११ सय ६१ जना पुरुष कैदिबन्दि र १ सय जना महिला कैदि बन्द र ४ जना आश्रीत बालबालिकाहरु विरगंज कारागारमा भएको कारागार श्रोत ले बताएको छ ।
Facebook Comments