Loading...
प्याब्सनद्धारा आयोजीत गल्र्स ब्याडमिन्टन खेलमा छात्रा गुप्ताले गरिन् उत्कृष्ट अंक हाशिल

नेहाल खान
प्याब्सन पर्सा द्धारा आयोजीत नारायणि रंगशाला मा नकआउट फुटबल प्रतीयोगीता र विरगंज खेलुकद भवन मा गल्र्स ब्याडमिन्टन को तेश्रो दिन प्रतिस्पर्धा भएको छ । गल्र्स ब्याडमिन्टन प्रतियोगीता को सोमवार भएको अन्तिम खेलमा न्युवेभ का छात्रा आस्था गुप्ताले उत्कृष्ट विजय हाँसील गरी प्याब्सन पर्सालाई चकीत पारेकी छिन् । प्याब्सन अन्तर्गत रहेको विभिन्न विद्यालयका छात्राहरुले खेलकुद भवनमा सोमवार र फाईनल खेलमा प्रतिस्पर्धा गर्ने क्रममा कञ्चनजङ्गा मा.वि, डि.पी.एस मा.वि, न्युवेभ मा.वि, र अल्पाईन मा.वि लगायत ले प्रतिस्पर्धा गरेका थिए । सिंगल ब्याडमिन्टन प्रतियोगीता मा न्युवेभ मा.वि मा अध्यन्रत आस्था गुप्ताले बेस्ट अफ थ्री मा लगातार २ गेम जिती उत्कृष्ट खेलाडिको रुपमा प्याब्सन रुपमा गुप्तालाई प्याब्सन द्धारा सम्मानित गरिएको थियो । नकआउट फुटबल प्रतियोगीता–२०७५ को खेलमा प्याबसन अन्तर्गत का १४ वटा विद्यालयहरु ले यस प्रतियोगीता मा प्रतिस्पर्धा गरि रहेका छन् । प्याब्सन पर्सा का अध्यक्ष डा.हरिशंकर साह, प्याब्सन नगर कमिटि का अध्यक्ष आलोक चौरसीया, गल्र्स ब्याडमिन्टन का प्रमुख अतिथी भारतीय महावाणिज्य दुतावास विरगंज का वाणिज्यदुत डा.कोट्राश्वामि, अतिथीहरु मा नेपाल पत्रकार महासंघ पर्सा शाखा का अध्यक्ष श्याम बञ्जारा, सेफर विरगंज का अमर गौतम, नेपाल टेलिभिजन का नेहाल खान, विरगंज सन्देश दैनिक का मन्सुर खान, वडा नं.४का अध्यक्ष जगत साह, संयोजक मुनलाईट मा.वि प्रधानध्यापक श्याम के.सी, सहयोगीहरु मा प्याबसन पर्सा का कोषाध्यक्ष सरोज प्रसाद चौधरी, सचीव छेदुप लामा, लिटिल एञ्जलस् मा.वि मणि पाखरीन, सनि पाखरीन, पुरन प्रधन, शम्भु रिमाल, निर्णायक मार्टिन मोक्तान लगायत को उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *