Loading...
६० लाख बजेटको मिर्चैया महोत्सब शुरु हुँदै, १३१ स्टल रहने मेलाको उद्घाटन प्रचण्डले गर्दै

प्रथम मिर्चैया महोत्सव–२०७५ को जानकारी दिने उद्देश्यका साथ आयोजित पत्रकार सम्मेलनमा मिर्चैया नगरपालीका प्रमुख श्रवण कुमार यादव, वैंकर जितेन्द्र साह उद्योग वाणिजय संघका मुल समारोह समिति अध्यक्ष विभिन्न मिडियाका पत्रकार लगायतको उपस्थितीमा सम्पन्न गर्दै प्रेस विज्ञप्ती मार्फत महोत्सवको वारेमा जानकारी महोत्सव मुल समारोह समिति अध्यक्ष हरि शंकर साहले प्रेस विज्ञप्ती पढेर सुनाउनु भयो । पत्रकारहरुको जिज्ञासामा यस महोत्सवको अनुमानित वजेट ६० लाख रहेको समेत जानकारी गराउनु भयो ।
उक्त पत्रकार सम्मेलनमा नगर प्रमुखले यस क्षेत्रमा पुर्वप्रधान मन्त्रिको धेरै योगदान रहेकोले प्रमुख अतिथी वनाउनु परेको जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्ति अनुसार सिरहा जिल्लाकै व्यापारीक नगरीका रुपमा परिचित मिर्चैयाको उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि र उद्यमलाई प्रर्वद्धन गर्दे समृद्ध मिर्चैया निर्माण अभियानमा टेवा पु¥याउन अर्थतन्त्रलाई आत्मनिर्भरता तर्पm अग्रसर गराउने उद्देश्यले सिरहाको मिर्चैया नगरपालिका ६ मा यहि माघ २८ गतेदेखि फाल्गुन ७ गतेसम्म महोत्सबको आयोजना हुदैछ । यस महोत्सवमा सिरहाको विभिन्न स्थानका साथै प्रदेश र देशविदेशमा उत्पादित तथा निर्मित बस्तुहरुको विभिन्न प्रकारका १ सय ३१ वटा स्टलहरु रहने व्यवस्था गरिएको छ ।
नेपालका विभिन्न पर्यटकिय गन्तव्य मध्ये सिरहा जिल्लाको मिर्चैया पनि एक महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ । यस महोत्सले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आयआर्जन हुने, विदेशी मुद्रा आर्जन हुने, रोजगारीका अवसरहरु सृजना हुने, घरेलु तथा हस्तकलाका उद्योगहरुको विस्तार तथा प्रर्वद्धन गर्न मद्दत गर्ने छन् । नेपालका उत्पादित वस्तु सेवाहरुको पहिचान गरी विकास र बजार प्रर्वद्धन गर्न सहयोग पु¥याउने, लगानीका अवसरहरु सृजना गर्ने, सिरहा जिल्लाको बिकास एवम् व्यापार सम्भावनाको प्रचार प्रसार गर्ने, जिल्ला भरीका ऐतिहासिक पर्यटकिय तथा सांस्कृतिक एवं धार्मिक स्थलहरुको पहिचान, संरक्षण, प्रचार प्रसारका लागि योगदान पु¥याउने, स्थानीय उत्पादन, उद्योग, कृषि, पशुसेवा, विभिन्न बहुमूल्य जडिबुटि, घरेलु उद्योग, कृषिजन्य वस्तुको प्रचार प्रसार र बजारीकरणमा प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, व्यावसायी र उपभोक्तलाई एकै स्थानमा सहभागी गराएर व्यवसाय प्रबद्र्धनमा योगदान पु¥याउने तथा जिल्लाको पर्यटन बिकासमा योगदान पु¥याउने यस महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
महोत्सवमा मिर्चैयाको विविधता युक्त सांस्कृति झल्काउने झाँकी सहितको वृहत शोभा यात्रा, विभिन्न क्षेत्रको मौलिक भेषभुषा तथा संस्कृतिको प्रदर्शनी, विभिन्न क्षेत्रका रहनसहन सहितको मौलिक खानाको परिकारहरुको विक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरन्जनात्मक कार्यक्रम, जिल्लाको स्थानीय उत्पादन (उद्योग, कृषि, पशुसेवा, विभिन्न बहुमुल्य जडिबुटि, घरेलु उद्योग) आदि कृषिजन्य वस्तुको प्रचार प्रसार गर्ने, बजारीकरणमा प्रबद्र्धन गर्ने, स्थानिय कलाकारहरुद्धारा सांस्कृतिक प्रदर्शनी, हरेक दिन ख्यातीप्राप्त स्थानिय तथा राष्ट्रिय कलाकारहरुवाट गीत नृत्य र हास्यव्यङ्ग सहितको सांस्कृतिक प्रदर्शनी आदि यस महोत्सवको मुख्य आकर्षण रहने छन् ।
व्यापारी गन्तव्यको रुपमा विकास हुँदै गएको यहाँ, कमलदह, उत्तरायणी (उत्तरबाहिनी कमला धाम), बाबातालको, शान्ति ताल, म्याङ्गोभिलेज साथै पर्यटकिय स्थल मध्यपहाडी तथा हिमाली क्षेत्रमा प्रवेश गर्ने र सगरमाथा शिखरमा पुग्ने प्रमुख नाकाका रुपमा रहेको छ । राजा सल्हेशको बास स्थान भएको सल्हेश फुलवारी, हलेशी महादेव स्थान जाने मार्ग भौगोलिक रुपमा जोडिएको विभिन्न देवी देवताको मन्दिर भएको देव भूमि यस क्षेत्रको विशेषता हो । यसै विविधताविच हामी आफै एउटा उदाहरणीय धरोहरुको रुपमा सदियौंदेखि अघि बढिरहेका छौं ।
प्रथम मिर्चैया महोत्सव –२०७५ को आयोजकको रुपमा रामनगर मिर्चैया उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन, भने मुख्य प्रायोजक सिमेन्ट लि. रहेको छ । सहयोगीको रुपमा मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिका रहेका छन् । त्यसैगरी, सह–प्रायोजक रमपम चाउचाउ, अफिसियल बैंक सिद्धार्थ बैंक लि, ईन्स्योरेन्स पार्टनर नेको ईन्स्योरेन्स, होटल पार्टनर होटल होलिडे एण्ड पार्टी प्योलस र होटल खुश्बु रहेका छन् । विविधतामा एकतालाई महोत्सवमा प्रतिबिम्बित गर्दै माथि उल्लेखित उद्देश्य र मनसायका साथ गर्न लागिएको यस महोत्सवमा सबै सरोकारवालाहरुलाई हातेमालो गर्न आव्हान गर्दछौं ।
कार्यक्रम संचालक मुल समारोह समितिका सचिव भरतसाहले कार्यक्रम समापन भएको जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *