Loading...
सहअध्यक्ष श्रेष्ठले भने-“१० जोड १ मा जान तयार छौ, पहिचानविरोधी बिरुद्ध लडन तयार होऔ

काठमाडौँ, २२ माघ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले आदिवासी जनजाति सङ्घसंस्था सम्बद्ध केही नेताहरूको कडा आलोचना गरेका छन् । नेपाल तामाङ घेदुङद्वारा सोनाम ल्होसारको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा साँस्कृतिक महोत्सवमाकडा आलोचना गरेका हुन् ।
संविधान बनाउने बेला पहिचानविरोधी पार्टीलाई भोट दिने अनि राम्रो संविधान बनेन, पहिचान सहितको सङ्घीयता प्राप्त भएन भनेर आफ्नो पार्टीको आलोचना गर्नेहरूलाई जवाफ दिंदै उनले भने, ‘आफ्नो पार्टीले जितेको भए पहिचान सहितको सङ्घीयता आइ सक्थ्यो । अब नेवाः, तामसालिङ् आदि पहिचानयुक्त प्रदेश प्राप्त गर्न सङ्घर्षको विकल्प छैन । अष्ट्रलियाका आदिवासीले जस्तै लामो समय धुनी बालेर बस्नु पर्ने पनि हुन सक्छ, भारतमा तेलङ्गनाले लडेजस्तै लड्नुपर्ने पनि हुन सक्छ ।’
नेता श्रेष्ठले भन्नु भयो -” स्मरणीय छ, सरकारले गत वर्ष सार्वजनिक बिदा कटौतीको निर्णय गर्दा ससफो सरकारमा गइसकेको थिएन । त्यतिबेलै सांसद श्रेष्ठले पार्टीको तर्फबाट या त दशैँको, तिहारको नभनी एकमुष्ट विदा छुट्याई सबै समुदायले आआफ्नो चाडपर्वमा विदा लिने व्यवस्था मिलाउन या आदिवासी जनजाति, मधेसी, थारु सबैको मुख्य पर्वमा कटौती गरेको बिदा कायमै राख्न संसदमा कुरा उठाएका थिए ।
सांसद श्रेष्ठले आफ्नो पार्टीले दुईबुँदे सहमति बमोजिम संविधान संशोधन गर्न प्रधानमन्त्रीज्युलाई स्मरणपत्र दिइ सकेको बताउँदै सरकारले सहमति अनुरूप पहिचान पक्षधर शक्तिको बहुमत आउँदा संविधान संशोधन गरी १० जोड १ मा जानका लागि ढोका नखोले आफ्नो पार्टी सरकारबाट बाहिरिने कुरा पनि प्रष्ट पारे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *