Loading...
प्रचण्ड र ओलीमा घमण्डको दोहोरी चल्दै, प्रचण्डले ओलीलाई एक्लो व्यक्ति भनेर देखाए हैसियत

काठमाडौं – भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि पार्टीमा मतभेद उत्पन्न भएको छ । भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष केपी शर्मा अ‍ोली र पुष्प कमल दाहाल बीच म ठूलो त म ठूलो हुँ भन्दै दोहोरी चलिरहेको छ ।

पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’को रुपमा अथ्र्याएका थिए भने त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने – ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको केहि अर्थ हुदैन आजको नागरिक दैनिकमा समाचार प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *