Loading...
एक मुठी सासमा अल्झेछ जिन्दगी, वज्र प्रहारले चर्केछ जिन्दगी – डा. रामभक्त ठाकुर

न भन एक मुठी सासमा अल्झेछ जिन्दगी
यो कसैलाई भेट्ने आसमा अडेछ जिन्दगी ।। १ ।।
सुखद मिलनको स्मृतिमा बन्द रसाएका आँखा
टुटेर जाने त्रासमा, झस्केछ जिन्दगी ।।
न भन एक मुठी सासमा अल्झेछ जिन्दगी ।।२।।
मायाको कुसुम फुल्दा आत्माको उपवनमा
कुन पापीको नजरले लत्रेछ जिन्दगी ।।
न भन एक मुठी सासमा अल्झेछ जिन्दगी ।।३।।
न मार्नु माया कहिल्यै भनी सुस्किन्थ्यो तिमी
कसैको वज्र प्रहारले चर्केछ जिन्दगी ।।
न भन एक मुठी सासमा अल्झेछ जिन्दगी ।।४।।
जीवनको मलामीमा पछ्याउंदै आएछ कोहि
आँसु झारेको देख्दा फक्रेछ जिन्दगी ।।
न भन एक मुठी सासमा अल्झेछ जिन्दगी
यो कसैलाई भेट्ने आसमा अडेछ जिन्दगी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *