Loading...
प्रधानमन्त्री ओलीलाइ संसद मै फोरम सांसद प्रदीपले दिए ललिपप, भने-“मुख्यमन्त्री दास बन्दैन”

आज संसदमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७५ माथि छलफल थियो भने बैठकमा विपक्षी सांसदसँगै सत्तारुढ नेकपाका सांसदहरुले पनि संविधानको मर्म विवरित विधेयक ल्याएको भन्दै सरकारको कडा आलोचना गरे । संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले बैठकमै ललिपप देखाएका छन् ।

उनले भने -“अहिले प्रधानमन्त्रीज्यूले मुख्यमन्त्रीजीलाई बोलाएर ललिपप दिने कुरा गर्नुभएको छ । मैले आफ्नो प्रदेश २ का मुख्यमन्त्रीसँग कुरा गरेँ’ उनले भने, ‘उहाँले भन्नुभएको छ कि हामी बच्चा छैन । प्रधानमन्त्रीले जुन ललिपप दिनुभएको छ, त्यो ललिपप फिर्ता गर्छु ।’

उनले दायाँ हात कोटको खल्तीमा हाले र ललिपप समेत सनासाद मै निकाले का छन् । ‘प्रधानमन्त्रीको ललिपप प्रदीपजी तपाई लिएर जानुस् सभामुख महोदयमार्फत फिर्ता गरिदिनुस्, उहीँ खान दिनुस्’ भन्दै यादवले हातमा ललिपप देखाए । सीडीओलाई मालिक र मुख्यमन्त्रीलाई दास बनाउने गरी आउन लागेको सांसद यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *