Loading...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका घुसखोर आयुक्त राजनारायण पाठकले दिए राजीनामा

काठमाडौं – नेपाल इन्जिनियर कलेजमा उत्पन्न विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । घुस लिएको प्रमाण सञ्चार माध्यमबाट सार्वजनिक भएपछि, नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दै गरेको अबस्थामा पाठकले राजीनामा दिएका हुन् ।

महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिएका हुन् । सुरुमा पाठकले अन्य व्यक्तिलाई प्रयोग गरेर राजीनामा पठाउने तयारी गरेका थिए । राष्ट्रपति कार्यलयका अधिकारीहरुले सम्बन्धित व्यक्तिले नै बुझउनु पर्ने बताएपछि उनी राजीनामा पत्र बोकेर राष्ट्रपति कार्यालय पुगेको समाचार कान्तिपुरमा प्रकाशित छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *