Loading...
कानुनमन्त्री यादवको प्रतिवेदनले भन्यो-“रायको उस्काहटमा यादव र सचिब झा बीच कुटाकुट

जनकपुरधाम – प्रदेश न २ का उद्योग मन्त्री रामनरेश राय यादवकाे उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच विद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ ।

पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार परेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ ।

स्रोतका अनुसार मन्त्री सचिवबीच टकराव र कुटाकुट अवस्था उद्योगमन्त्री रायले गराएको प्रतिवेदनमा उल्लेख भएको समाचार कान्तिपुरमा प्रकाशित छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *