
फाल्गुन ४, कपिलवस्तु ।
संघिय समाजबादी फोरम नेपाल कपिलबस्तु पार्टी कार्यलयमा मायादेबी गाउपालिका वार्ड नं8 बिजुवा को बहुजन शाक्ती पार्टी बाट निर्बाचित वार्ड अध्यक्ष कृष्ण नरायन तिवारी वार्ड सदस्य रामशंकर लोध, तारादेबी हरिजन, सुमित्रा यादव ,बेदनिधि शुक्ल एवं कार्यपालिका सदस्य कैलाशी हरिजान रा प्र पा को प्रभावशाली नेता सतिराम यादव वा जुझारु क्रान्तकारी नेता रामभवन हरिजन लगायतकाहरु फोरमको सदस्यता लिई पार्टी प्रवेश गरेका छन । देशको बैकल्पिक शक्ति रूपमा रहेको र पिछडिएको उपेक्षित समुदायको लागि संघर्ष गर्ने एक यो नै एक मात्र पार्टी भएकोले आफुहरु फोरममा सक्रिय रुपमा रही काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । क्रियाशिल सदस्यता लिने नवप्रबेशीहरुलाई बधाई तथा शुभकामना दिदै पार्टी केन्द्रिय सदस्य एवं प्रदेश सासद सहसराम यादव, जिला अध्यक्ष शैलेन्द्र कुमार यादवले टीका लगाई स्वागत गरेका थिए ।
Facebook Comments