
मुगु – मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । सापटी लिएको रकम लिन बोलाएर ३० वर्षीया दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई केही दिनअघि सापटी लिएको पैसा लिन आउ भनी बोलाएको र शुक्रबार साँझ लिन जाँदा साढे ६ बजेतिर सई शाहीले बलात्कार गरेको समाचार आजको नागरिक दैनिकमा छ ।
पीडितका श्रीमानका अनुसार आफू काम विशेषले घर बाहिर गएको र साझँ घरमा श्रीमती नदेखेपछि सोध्दा सालीले कसैले पैसा लिन बोलाएकोले त्यतैतिर गएको बताएकी थिइन् । तर लामोसमयसम्म पनि नआएपछि खोज्दै जाँदा चैन गाउँ जाने भीर बाटोमा आफूले श्रीमती भेटेको उनले बताए ।
Facebook Comments